यस्तो छ कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनबारे संशोधित कार्यविधि

शव व्यवस्थापन गर्नेले के लगाउने ? अन्त्येष्टि स्थलमा के-के कुरामा ध्यान दिने ?
बुनु थारु

काठमाडौँ — सरकारले कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ मा संशोधन गरेको छ । मृत शरीरको सम्पर्कबाट कोभिड सरेको हालसम्म कुनै प्रमाण फेला नपरे पनि शव परीक्षण गर्दा वा शवको व्यवस्थापन गर्दा उचित सावधानी अपनाउनु पर्ने कुरा कार्यविधिमा समावेश छ ।

शव व्यवस्थापन गर्नेले के लगाउने?

शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरु र सद्गतमा सहभागी हुने मृतकका आफन्तहरुले के–के सामग्री प्रयोग गर्ने कुरा स्पष्ट रुपमा संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । शव परीक्षण गर्ने व्यक्ति, शव व्यवस्थापन गर्ने व्यक्ति, शव गृहका व्यक्ति हरेकलेले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीईको पयोग अनिवार्य गर्नुपर्ने उल्लेख छ ।त्यसका साथै संशोधित कार्यविधिमा फोहोर व्यवस्थापन र वातावरण सरसफाइका लागि सावधानी अपनाउने कुरा पनि समावेश गरिएको छ ।

शव कसरी डिसइन्फेक्ट गरिन्छ ?

पहिलो कार्यविधिमा र शवलाई डिस्इन्फेक्ट नगर्नुपर्ने उल्लेख थियो र कम भन्दा कम व्यक्तिले मात्रै छुने र शवमा लागेका पाइप, केथेटरलगायतका सामग्रीहरु हटाइनुपर्ने र शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ भनिएकोे थियो । नयाँ कार्यविधिमा यसको अलावा ती सबै सामाग्रीहरुलाई हटाइ सबै घाउहरुमा ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइट सलुसनले सफा गरी कटन तथा गजपिसले बन्द गर्ने भनिएको छ ।

त्यसैगरी शवलाई अन्य अवस्थामा जस्तै टाउको, अनुहारलगायत शरीरका सबै भागहरु सेतो कपडाले लपेट्ने तथा शरीरबाट कुनै तरल पदार्थ चुहिराखेको भए ‘डेडबडी ब्याग’मा राख्ने वा पानी नर्छिने कपडा वा प्लास्टिकले लपेट्ने भन्ने नियम नयाँ कार्यविधिमा समावेश गरिएको छ ।

कार्यविधिमा मृतकले प्रयोग गरेका सबै लत्ताकपडाहरु उचित सावधानीका साथ बायोहजार्ड वा प्लास्टिकको झोलामा राख्नुपर्ने र झोलाको बाहिरी सतह ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट सलुसनले सफा गर्ने नियम उल्लेख गरिएको छ । मृतकको सामग्रीहरु जस्तै घडी तथा गरगहनाहरु ७० प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजले पुछि घाममा सुकाएर मात्र प्रयोग गर्न भनिएको छ ।

अन्त्येष्टि स्थलमा ध्यान दिनु पर्ने कुराहरु

अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमित रुपमा हात धुने, मास्क र पन्जाको प्रयोग गर्ने लगायतका सावधानी अपनाउनु पर्दछ ।

शवको खरानी(अस्तु)ले कुनै जोखिम पैदा नगर्ने र अन्तिम संस्कार गर्नको लागि संकलन गर्न सकिने कुरा नयाँ कार्यविधि उल्लेख गरिएको छ । नर्याँ कार्यविधिले अन्तिम संस्कार गर्ने स्थलमा कार्यरत व्यक्तिहरुलाई शवबाट कोभिड–१९ को थप जोखिम हुँदैन भन्ने कुराको जानकारी गराउनु पर्ने बताएको छ । यसअघि शवदाह गृहमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव लैजाँदा त्यहाँका कर्मचारी नै भागेका समाचार आएका थिए ।

आफन्तहरुले शव हेर्न पाउँछन्?

नयाँ कार्यविधिमा यसअघिको कार्यविधि जस्तै मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मटिर टाढाबाट पालैपालो एक एकजनाले शव हेर्न सक्ने उल्लेख छ । तर मृत शरीरसँगै सिधै सम्र्पकमा आउने कार्यहरु जस्तै मुसार्ने, अंगालो हाल्ने, ढोग्ने, चुम्बन गर्ने जस्ता कार्यहरु गर्नु हुँदैन ।

शवको खरानी(अस्तु)ले कुनै जोखिम पैदा नगर्ने र अन्तिम संस्कार गर्नको लागि संकलन गर्न सकिने कुरा नयाँ कार्यविधि उल्लेख गरिएको छ ।

कार्यविधिमा अस्पतालमा प्रयोग भएका सबै उपकरणकहरु उचित संक्रमण रोकथामका अभ्यासहरुको अनुसार अटोक्लेभ वा ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइट सलुसनले सफा गर्नुपर्ने बताइएको छ त्यसका साथै मृतकको शरीर राखिएका सतहहरु जस्तैः भुईं, टेबल, ओछ्यान, छेउछाउका टेबलहरु आदि ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइट सलुसन वा ७० प्रतिशत इथानोल वा केही नभएमा साबुनपानीले सफा गर्नुपर्ने नियम कार्यविधिमा समावेश छ ।

कार्यविधिमा शवलाई अन्येष्टि गर्ने स्थानमा लगेपछि शववाहन र स्ट्रेचरलाई ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइट सलुसन वा ७० प्रतिशत इथानोल वा केही नभएमा साबु पानीले सफा गर्नुपर्ने कुरामा ध्यान दिन भनिएको छ ।

कोभिड–१९ बाट मृत्यु भएको शंका लागेमा अभिलेखीकरण गर्नुपर्ने

संशोधित कार्यविधिले बेवारिसे वा कसैबाट दाबी नभएको र कोभिड–१९ बाट मृत्यु भएको शंका लागेमा आवश्यकता अनुसार अनुसन्धान गरी सबै सूचानाहरुको विस्तृत अभिलेखीकरण गरी प्रचलित कानुनी प्रावधानअनुसार जतिसक्दो चाँडो जमिनमुनि गाडी सुरक्षित राख्नुपर्ने नियम स्पष्ट पारेको छ ।

कार्यविधिले कोरोनाबाट मृत्यु भएको यकिन भएका मृतकहरुको शव परीक्षण नगर्नुपर्ने उल्लेख गरेको छ ।सम्भव भएसम्म छुट्टै परीक्षण कक्षमा शव परीक्षण गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

संशोधित नयाँ कार्यविधिले कोरोनाबाट मृत्यु यकिन भएका वा शंकास्पद लागेका शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने तरिकाहरु पनि उल्लेख गरेको छ । जस्तै आइसोलसन वा क्वारेन्टाइनमा कसैको मृत्यु भयो भने प्रहरीलाई खबर गर्ने र प्रहरीले पोस्टमार्टम गर्ने तथा नगर्ने भन्ने निर्णय लिन सक्नेछन् ।

कोरोनाकै कारण मृत्यु भएको छ भनेन अन्त्येष्टिका लागि अन्त्येष्टि गर्ने स्थानमा लैजाने वा गाड्ने प्रबन्ध मिलाउन सकिनेछ । अस्पतालको आकस्मिक वा वार्ड कक्षमा कोरोना यकिन भएका मृत्युको शव व्यवस्थापनका लागि पीपीई प्रयोग गरेर शव व्यवस्थापन प्रक्रिया मिलाएर व्यवस्थापन गर्न भनिएको छ ।

कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनबारे संशोधित कार्यविधि यस्तो छ

प्रकाशित : जेष्ठ २२, २०७७ १०:२९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रदेश १ का १२ जिल्लामा पुग्यो संक्रमण

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ का थप तीन जिल्लामा संक्रमण पुष्टि भएको छ । बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरमा थप संक्रमित भेटिएका हुन् । प्रदेशभर संक्रमितको संख्या १ सय ८५ पुगेको छ ।

बुधबार एकै दिन प्रदेश १ का १८ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएकामा ताप्लेजुङका तीन, पाँचथरका एक, सुनसरीका ८, मोरङ र झापाका २–२ तथा धनकुटा र तेह्रथुमका एक–एक जना छन् ।

प्रदेश १ का १४ मध्ये संक्रमित पुष्टि भएका जिल्ला अब १२ पुगेका छन् । इलाम र ओखलढुंगाबाहेक सबै जिल्ला संक्रमित व्यक्ति फेला परेको सूचीमा समावेश भएका छन् ।

झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा संक्रमित पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये ४८ जना उपचारपछि डिस्चार्ज गरिएका छन् ।

अब आइसोलेसनमा १ सय ३८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेशभरका जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बुधबार साँझसम्म ३ हजार ८ सय रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×