कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बजेटमाथि रिजालको टिप्पणी : सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो 

काठमाडौँ — कोरोनाले ल्याएको संकटलाई अवसरमा बदल्ने मौका गुमाएको प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद मिनेन्द्र रिजालले बताएका छन् । आगामी आर्थिक वर्षको बजेट (राजश्व र व्ययको अनुमान) माथि प्रतिनिधिसभामा आइतबारको छलफलमा बोल्दै उनले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकासका लागि प्राप्त अवसर गुमाएको उनले बताए । 

बजेटमाथि रिजालको टिप्पणी : सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो 

सांसद रिजालले भने, ‘यसपालि मुलुकलाई संकट छ । दुनिया सताब्दीको गहिरो संकट भोग्दै छ । यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो । बलसाली सरकारले त्यो कल्पनाशीलता देखाएन ।’

८३ पेजको बजेटमा स्रोतको स्पष्टता नरहेको रिजालको भनाइ थियो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि स्थानीय तहमा बजेट विनियोजन गर्न आनाकानी गरिएको रिजालको भनाइ थियो । स्थानीय तहलाई सशर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उनले संघीयता बलियो बनाउने मौका पनि गुमाएको उनको भनाइ थियो ।

रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै थपेर नपुग्ने बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्नसमेत नपुग्ने बताए । उनले भन्नुभयो, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ । ६ लाखको खर्च गर्न सक्ने क्षमता छ ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ ।’

अझै पनि अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै रिजालले भने, ‘८३ पेजको दस्तावेजलाई बिर्सेर फेरी अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर-घरसम्म कसरी पुर्‍याउने भन्ने कुरा सोचौँ । त्यसका लागि साझा कुरा के हुन्छ भन्ने कुरा तर्फ लागौँ । साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितलाई पनि हामी अवसरको रूपमा बदल्न सक्छौँ ।’

प्रकाशित : जेष्ठ १८, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?