कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा एकैदिन थपिए ७७ जना संक्रमित

मनोज पौडेल

कपिलवस्तु — शनिबारमात्रै कपिलवस्तुमा थप ७७ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

कपिलवस्तुमा एकैदिन थपिए ७७ जना संक्रमित

जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् । यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ जना तथा २५ र १९ बर्षका २ जना महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

शुक्रबारमात्रै यहाँ ५२ जना संक्रमित थपिएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?