१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्वास्थ्य मन्त्रालयद्वारा पाँचौ काेराेना संक्रमितको मृत्युको पुष्टि

काठमाडौँ — कोरोना भाइरसका कारण नेपालमा थप एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा पाँचौ काेराेना संक्रमितको मृत्युको पुष्टि

नियमित प्रेस मिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचारको क्रममा उनको बुधबार मुत्यु भएको थियो । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?