कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान संशोधनबारे निर्णय गर्न कांग्रेसले शनिबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेगरी बोलाएको छ । बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

संविधान संशोधनबारे निर्णय गर्न कांग्रेसले शनिबार बोलायो केन्द्रीय समिति बैठक

पार्टीका मुख्यसचिवले छलफलमा भाग लिन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनेका छन् ।

संविधान संशोधनको विषय र कार्यसमिति बैठकबारे कांग्रेसले आज (बिहीबार) दिउसो २ बजे पार्टी कार्यालमा पत्रकार सम्मेलन पनि गर्ने भएको छ ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?