१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

झापाका थप १७ जनामा संक्रमण पुष्टि

प्रदेश १ मा संक्रमितको संख्या १०४ पुग्यो
माधव घिमिरे

विराटनगर — झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ।

झापाका थप १७ जनामा संक्रमण पुष्टि

बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र गौरादहका व्यक्ति भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ। यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् ।

झापामा संक्रमितको संख्या ५४ पुगेको छ । यो प्रदेश १ मा संक्रमित भेटिएका जिल्लामध्ये सबैभन्दा बढी हो ।

अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् । संक्रमितहरुको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखेर हेरचार गर्ने गरिएको छ । त्यहाँ राखिएकामध्ये २६ जना डिस्चार्ज गरिएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?