कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियामा ‘नो मास्क, नो राइड’ नियम लागू

एजेन्सी

सोल — सार्वजनिक यातायातका सवारी साधनबाट कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियाले ‘नो मास्क, नो राइड’ नियम लागू गरेको छ । दक्षिण कोरियाले मंगलबारदेखि बस, ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्नेले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको हो । 

दक्षिण कोरियामा ‘नो मास्क, नो राइड’ नियम लागू

अब मास्क नलगाएका यात्रुलाई बस र ट्याक्सीचालकले रोक्न सक्छन् । नयाँ नियमअनुसार सार्वजनिक यातायातका साधनका चालकले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

गत आइतबार ९ जना बसचालक र १२ जना ट्याक्सी चालकमा कोरोना भाइरसको संक्रमण भेटिएपछि दक्षिण कोरियाली सरकारले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम ल्याएको हो । त्यस्तै सबवेमा हिँड्ने यात्रुलाई पनि मास्क लगाउन निर्देशन दिइएको छ ।

दक्षिण कोरियामा हालसम्म ११ हजार २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार २ सय ९५ जना निको भएका छन् । दक्षिण कोरियामा कोरोना संक्रमणबाट हालसम्म २ सय ६९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा सरकारले चालेका प्रभावकारी कदमका कारण अहिले संक्रमण नियन्त्रणउन्मुख रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?