आगामी वर्ष दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्‍न गर्ने

निजगढ विमानस्थलको निर्माण कार्य सुरु गरिने

काठमाडौँ — सरकारले आगामी वर्ष दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्ने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने योजना रहेको जनाएकी हुन् । 

आगामी वर्ष दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्‍न गर्ने

यी दुई विमानस्थलमध्ये गौतमबुद्ध विमानस्थल संचालनमा आइसक्नेछ भने पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न गरेर संचालनको तयारी अवस्थामा पुर्‍याइने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णतः बुटिक एयरपोर्टका रूपमा रुपान्तरण गर्ने योजना सरकारको रहेको छ ।

थप २ आन्तरिक विमानस्थल निर्माण गरिने र ८ आन्तरिक विमानस्थलको रनवे कालोपत्रे गर्ने सरकारको योजना रहेको छ ।

साथै, आगामी वर्षसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने सरकारको कार्यक्रम रहेको छ ।

प्रकाशित : जेष्ठ २, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?