काठमाडौँ — सरकारले रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल(सीडीसी)को स्थापना गर्ने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष सरकारले रोग नियन्त्रण तथा रोकथाम केन्द्रको स्थापना गर्ने योजना अघि सारेको बताइन् ।
यस्तै सरकारले औषधि ,औजार तथा उपकरणको गुणस्तर मापन तथा नियमन गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसनको पनि स्थापना गर्ने योजना अघि सारेको छ । स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यान प्राधिकरणको स्थापना गर्ने सरकारको योजना छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टाइ गृह स्थापना गर्ने बताइन् ।
त्यसैगरी सबै मेडिकल कलेजले जिल्लास्थित कम्तीमा एक अस्पतालमा शल्य चिकित्साको सेवा दिनुपर्ने र हरेक स्वस्थ्य संस्थालाहरुले महिनाको एक दिन स्याटेलाइट क्लिीनिक सञ्चालन गर्नुपर्ने व्यवस्था सरकारको तयारी छ ।
यस्तै, मेडिकल कलेजहरुले अनिवार्य रूपमा कम्तीमा एक जिल्लास्थित अस्पतालमा शल्यचिकित्सा सहितको सेवा उपलब्ध गराउन जिम्मेवारी दिने नीति सरकारको छ ।
त्यसैगरी भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल स्थापना र स्तरोन्नती गर्ने नीति सरकारले लिएको छ ।
