'सम्पूर्ण जग्गाको वर्गीकरण, कृषियोग्य जग्गाको संरक्षण' अभियान संचालन हुने

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी वर्ष कृषियोग्य भूमि संरक्षण गर्नका लागि अभियान चाल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा जग्गाको वर्गीकरण गर्ने र कृषि भूमिको संरक्षण गर्नका लागि सरकाले अभियान संचालन गर्ने जानकारी गराएकी हुन् । 

सरकारले नापजाँच हुने बाँकी भूमिको उक्त कार्य सम्पन्न गर्ने भएको छ । त्यस्तै, भूउपयोगसँग सम्बन्धित कानुनलाई पूर्णतः पालना गर्ने क्रममा सबै जग्गाको वर्गीकरण गर्ने नीति पनि सार्वजनिक गरेको छ । 

त्यसरी वर्गीकरण गरेपछि कसरी प्रभावकारी रूपमा उपयोग गर्ने भन्ने नीति सरकारले लिने भएको हो । 

कृषियोग्य भूमिको संरक्षण गर्ने सरकारको आगामी वर्षको नीति रहेको छ । 'सम्पूर्ण जग्गाको वर्गीकरण कृषियोग्य जग्गाको संरक्षण अभियान संचालन गरिनेछ,' राष्ट्रपतिले नीति तथा कार्यक्रममा रहेको उल्लेख गरिन् । 

त्यसैगरी, आगामी आर्थिक वर्षमा मुलुकका सबै मालपोत कार्यालयबाट अनलाइन मार्फत सेवा प्रवाहको व्यवस्था गरिने बताइएको छ । 

कान्तिपुर

Link copied successfully