सरुवा रोग अस्पताल स्थापना गरिने 

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले प्रयोगशाला परीक्षणसहितको केन्द्रीय र प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यक्रम घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने बताएकी हुन् । 

प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्‍चल अस्पतालाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गर्ने सरकारले नीति तथा कार्यक्रममा राखेको छ ।  

यस्तै, सरकारले पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारयणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालहरुबाट उपलब्ध सेवाहरुलाई थप विस्तार गरेर केन्द्रीय अस्पतालालई ५ सय शय्याको अस्पतालमा विस्तार गर्न‍े योजना अघि सारेको छ । 

यस्तै केन्द्रीय अस्पतालहरुमा गरिब तथा विपन्नहरुलाई प्रारम्भिक तहको सेवा निःशुल्क उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै एकीकृत एम्बुलेन्स सेवाको विस्तार र प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टरको विस्तार गर्ने सरकारले आफ्‍ना कार्यक्रमहरुमा राखेको छ । 

कान्तिपुर

Link copied successfully