कोरोना परीक्षणका लागि उपराष्ट्रपति पुनको स्वाब संकलन

वैशाख ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाब संकलन गरेको छ ।

जेठ २ गते संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पुन पनि उपस्थित हुने भएकाले उनको परीक्षण गर्न लागिएको प्रयोगशालाले जनाएको छ । 

व्यवस्थापिका संसद सचिवालयको समन्वयमा प्रयोगशालाले उनको स्वाब संकलन गरेको हो । संसद सचिवालयले संसद बैठकमा सहभागि हुनलाई सांसदहरुले समेत अनिवार्य परीक्षण गराउनु पर्ने बताएको थियो । सांसदहरुको संसद बैठकको अघिल्लो दिन नै स्वाब संकलन गरी परीक्षण गरिएको थियो । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully