कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु : सांसद गिरी

काठमाडौँ — नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु : सांसद गिरी

मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्‍वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए ।

'सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन् । म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु,' सांसद गिरीले भने ।

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएसँगै नेपालमा सडकदेखि सदनसम्म त्यसको चर्को विरोध भइरहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?