गगनले दर्ता गराए विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउनेबारे संसदमा प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । 'कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न' शीर्षकको प्रस्ताव थापाले सोमबार संसद सचिवालयमा दर्ता गराएका हुन् । 

'नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, साउदी, कतार, युएई बहराइन, ओमनलगायतका देशमा महामारी बढ्दै गएको अवस्था छ । यो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिकहरू समेत स्वदेश फर्कन खोजेका छन भने रोजगारदाता देशहरूले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था छ । अध्ययनहरू अनुसार ती देशहरूमा रोजगारदताले कयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार टर्मिनेट गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पारीश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पाइएको छ,' प्रस्तावमा भनिएको छ, 'कयौं श्रमिकहरुले खान नपाएका, पारिश्रमिक नदिइएकाहरु आफूसँग भएको रकम सकिएपश्चात् खाद्यान्न र अत्यावश्यक सामाग्री समेत किन्न नसक्ने अवस्थामा पुगेका घटनाहरू सार्वजनिक भइरहेका छन् । रोजगारी गुमाउनेक्रम बढ्दै गएको छ ।'

यसकारण अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउनु पर्ने भन्दै प्रस्ताव दर्ता गराइएको छ । सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेको प्रस्तावमा यस बिषयमा संसदमा छलफल गरि सरकारलाई निर्देशन र सुझाव दिन आग्रह गरिएको छ ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव :

प्रकाशित : वैशाख २९, २०७७ १५:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सशस्त्र प्रहरी लिएर बुधबार सेनाको हेलिकप्टर दार्चुलाको छाङरु जाँदै

मातृका दाहाल

काठमाडौँ — बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी लिएर छाङ‌रु जाने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए । 

छाङ‌रुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध जुध्‍ने अन्य उपकरण लगायत बन्दबस्तीका अन्य सामग्रीहरु व्यवस्थापन गर्न सशस्त्र प्रहरीले कार्ययोजना बनाउन थालेको छ ।

छाङ‌रु समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा पर्छ । कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक,लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ ।

यतिबेला सशस्त्र प्रहरी मुख्यालयले छाङ‌रु जाने जनशक्तिको छनोट गरिरहेको छ ।

यस्तै,सशस्त्रले छाङ्‍रुमा मा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) खटाउन चाहिने मेडिकल उपकरणको विवरण तयार पार्न सशस्त्र प्रहरी अस्पताललाई जिम्मा दिइसकेको छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न बल्ल जग्गाको व्यवस्था भएको छ । सीमा सुरक्षार्थ दार्चुलाको व्यास गाँउपालिका–१, छाङरुमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली राख्न सरकारले केही समयअघि २५ रोपनी जग्गा उपलब्ध गराएको थियो ।

यो पनि पढ्नुहोस्ः

दार्चुला सीमाको छाङरुमा सशस्त्रको पोस्ट राख्‍न बल्ल जग्गा

प्रकाशित : वैशाख २९, २०७७ १५:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×