उपचारपछि घर फर्केकाहरुको पीसीआर परीक्षण पुनः पोजिटिभ

वैशाख २४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केाका कोरोना संक्रमितमा फेरि कोरोना पोजिटिभ देखिएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा पेप्सीकोलाका ५८ वर्षीय पुरुषमा पोजिटिभ पाइएको हो ।

उनलाई हाल पाटन अस्पतालमा भर्ना गरेर राखिएको छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए ।

त्यसैगरी नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ ।

उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ । वैशाख १४ गते डिस्चार्ज भएका १९ वर्षीय र ४४ वर्षीय पुरुषमा फलोअपमा पुनः परीक्षण गर्दा पोजिटिभ आएको हो ।

संक्रामक रोग विशेषज्ञ डा‍. अनुप सुवेदीका अनुसार संक्रमण देखिएर उपचार गराइ नेगेटिभ पीसीआर रिपोर्ट आएपछि डिस्चार्ज भएकाहरुमा पुन: पीसीआर गर्दा पोजिटिभ नतिजा आउनु स्वभाविक नै हो । 'एउटा कुरा हामीले के बुझ्नु जरुरी छ भने पीसीआरले जीन मेटेरिएल हेर्ने हो । त्यो जीवितको होस् वा निष्क्रिय भइसकेको भाइरसको होस् । त्यसैले अहिले उहाँहरुमा देखिएको पोजिटिभ नतिजाबाट आत्तिनुपर्दैन,' उनले भने, 'कुनै लक्षण बिना देखिएको हो भने सेडिङकै कारण देखिएको हुनसक्छ ।'

यो पनि पढ्नुहोस् :

के निको भइसकेका व्यक्तिमा फेरि कोरोना संक्रमण देखिन सक्छ ?

 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully