थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ 

वैशाख १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully