काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा अलपत्र हजारौं श्रमिक तथा सिमान्कृत वर्गका लागि कि खाना र आवास व्यवस्था गर्न कि घर जान दिन सरकारसित माग गरेका छन् ।
‘मजदुर, बिरामी र सिमान्तकृत वर्ग आफू कार्यरत र बसेको ठाउामा किन बस्न सकेनन् ? सरकारले जवाफ दिनु पर्छ । बाटामा हजारौ हजारलाई भोकभोकै बिचल्ली पार्नु भएन । कि उनीहरूलाई जहाा छन् त्यहीा खाने र बस्ने व्यवस्था मिलाऊ, कि सहज ढंगले घर जान देऊ,’ पौडेलले कान्तिपुरसित भने ।
उनले प्रदेश र स्थानीय सरकारसित समन्वय गरेर राजमार्गमा अलपत्र सबैलाई खाने र बस्ने व्यवस्था मिलाउन संघीय सरकारलाई आग्रह गरे । आफू बसेको ठाउामा सम्बन्धित स्थानीय सरकारबाट राहत नपाएकै कारण श्रमिक वर्ग, सिमान्तकृत गर्भवती, बच्चा बोकेका महिला, बिरामी सयौं किलोमिटर हिडेर घर जान बाध्य भएकने यथार्थबारे सरकार गम्भीर हुनु पर्ने मागसमेत उनको छ ।
