जात्रा स्थगित, परम्परा धान्‍न पूजामात्रै

बिस्केट जात्राको पहिलो दिन गरिने भैरवनाथको रथ यात्रा रोकियो, मत्स्येन्द्रनाथको जात्रामा पनि पुजारी मात्रै सहभागी

काठमाडौँ — रथको कलात्मक बुट्टे काठका सामान यत्रतत्र भुइँमा छरिएका छन् । ठूला पाङ्ग्रा त्यत्तिकै ढलेका छन् । यत्रतत्र छरिएका रथको पार्टपुर्जा जोडिने कुनै छाँट देखिन्न । नित्य पूजाका लागि आउने भक्तजन प्रवेश गर्न नसक्ने गरी भक्तपुरको भैरवनाथ मन्दिरमा बाँसले बारिएको छ । मन्दिरको घण्टालाई समेत डोरीले बाँधेर छुन नमिल्ने बनाइएको छ । मन्दिर दर्शनका लागि आउने दर्शनार्थीलाई प्रहरीले परैबाट दर्शन गर्न सुझाव दिन्छन् ।

जात्रा स्थगित, परम्परा धान्‍न पूजामात्रै

बिहीबार बिहानैदेखि बिस्काः (बिस्केट) जात्राको चहलपहल बढ्ने तौमढीसुनसान प्रायः छ । जात्राको कुनै रौनक छैन । आठ दिन, नौ रातसम्म भव्यरूपमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्काः जात्राका लागि बिहीबार पूजा त सुरु भयो ।तर कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी रहँदा भक्तपुरनगरपालिकाले ऐतिहासिक बिस्काः जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णयपछिमर्मतका लागि छुट्याएको भैरवनाथको रथको अवयव जोडिन पाएन । रथ बनाउने कालीगढलकडाउनले घरमै थुनिए । भक्तपुर नगरपालिकाले बिस्काः जात्रामा द्योछें (देवताघर)बाट देवता ननिकाल्न सूचना प्रकाशित गरेपछि यो पटकको जात्रा स्थगित भएको हो ।टोलटोलबाट निकालिने जात्रालाई सामान्य पूजा गरी सम्पन्न गर्न सूचित गरिएकोनगरपालिकाले जनाएको छ ।

‘संक्रमण फैलन नदिन भीड गर्न नहुने भएकाले योपल्ट जात्रा नगर्नेनिर्णय गरेका हौं,’ नगरप्रमुख सुनील प्रजापतिले भने । गुठी संस्थान कार्यालय भक्तपुरप्रमुख आनन्द कर्माचार्यका अनुसार रथ नताने पनि प्रतीकात्मक रूपमा लिंगो उभ्याउनेपरम्पराले भने निरन्तरता पाउनेछ ।

चैत ३० मा भेलुखेलमा रथ पुर्याएपछि लिंगो उभ्याइने परम्परा छ भनेभोलिपल्ट वैशाख १ गते पूजाआजा गरी साँझ लिंगो ढालिन्थ्यो । यो वर्ष भेलुखेलमाकाठको ५५ हाते लिंगो देख्न नपाइने भए पनि परम्पराको निरन्तरतालाई कायम गर्दैलिंगोको प्रतिमूर्तिको स्वरूपमा सुनको लिंगो उभ्याइने कर्माचार्यले बताए ।


इतिहासमै पहिलोपल्ट बिस्काः जात्राको रथ यात्रा रोकिएको इतिहासविद्कोभनाइ छ । डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार जात्राका क्रममा धेरै वर्षअघि रथबिग्रिएर रथ यात्रा रोकिएको भए पनि मर्मत गरेर जात्रा सञ्चालन गरिएको पाइए पनि रथनै नतानेको इतिहास थिएन । नेपाल संवत् ७४१ मा बिस्काः जात्राकै पहिलो दिन रथ तान्नेक्रममा क्वाछेंमा रथ पल्टिएर भत्किएपछि यात्रा रोकिएको थियो । त्यसपछि योवर्षमात्रै रथ यात्रा रोकिएको उनले बताए । नजिकिँदै गरेको मध्यपुर थिमिको बिस्काःजात्रा पनि औपचारिक पूजामै सीमित हुने भएको छ । नगरपालिकाले यो पटक जात्राअन्तर्गतसिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालाई औपचारिक पूजा गरेर सम्पन्न गर्नेजनाएको छ । ‘सबैको ज्यानको सुरक्षाका लागि यो अप्रिय निर्णय बाध्यता हो,’ नगरप्रमुखमदनसुन्दर श्रेष्ठले भने, ‘संक्रमणको अवस्था टरेपछि भविष्यमाजात्रा फेरि भव्य तरिकाले गर्न सकिन्छ ।’

लकडाउन लम्बिए पनि सहकालका देवता रातो मत्स्येन्द्रनाथको न्हवँ(महास्नान) भने रोकिएन । जात्रा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदामा मनाउनेपरम्पराअनुसार बिहीबार पाटन तबहालस्थित मत्स्येन्द्रनाथको मन्दिरबाट लगनखेलस्थित‘न्हवु दबु’ (डबली) पुर्याई महास्नान गराइएको हो । सांस्कृतिक इन्द्र, नाय्खीबाजा र हनुमानढोका दरबारस्थित सादूर्लजंग गुल्मबाट आउने गुरुजु पल्टन भने लकडाउनकाकारण उपस्थित गराइएन । हरिसिद्धिबाट जात्राका लागि सातदोबाटोसम्म ल्याइने इन्द्रबाजा पनि यसपालि ल्याइएन । सर्वसाधारणको घुइँचो लाग्ने जात्रा यसपटक भएन ।मत्स्येन्द्रनाथका २२ जना पुजारीहरू मात्र बसेर जात्राको विधि गरिएको छ ।

मत्स्येन्द्रनाथका पुजारी विनोद वज्रचार्यले अरू ठाउँको भन्दा विशेषप्रकृतिको जात्रा भएकाले रोक्न नहुने बताए । ‘राष्ट्रप्रमुख उपस्थित भएर भोटोजात्रा नजर गर्नुपर्ने र प्रत्येक वर्ष रथमा बस्ने दुई जना पानेजु (पुजारी) कोपालो फेर्नुपर्छ,’ उनले भने, ‘पानेजुहरूले रथ जात्राका लागि ६महिनाअघिदेखि बुङमतीस्थित जीवित देवी कुमारी पूजादेखि लिएर विभिन्न पर्व पूजासञ्चालन गर्दै आइरहेकाले पनि यो रोक्न मिल्दैन ।’ महास्नानका लागि बुधबार रातिमत्स्येन्द्र्रनाथको जीवन्यास गरी कलशमा प्रतिस्थापन गरिएको थियो । महास्नान गराउनबुङमतीस्थित ‘न्हवु गाँ’ (जल द्रोणी), कुम्भेश्वरको कुण्ड र तःबहालको इनारबाटजल ल्याइएको थियो । महास्नान जात्रा सकेलगत्तै पुल्चोकमा राति ‘हामोकि’ (जग) पूजागरी भोलिपल्टदेखि रथ निर्माण सुरु गर्नुपर्ने परम्परा छ । तर लकडाउन सकेलगत्तैमात्र रथ निर्माण सुरु गरिने जानकारी बाराही गुठीका नाइके दिलकुमार बाराहीले दिए ।‘वैशाख ३ गतेबाट पनि लकडाउन लम्बिएमा रथ निर्माण गर्ने-नगर्ने बारेमापुनः छलफल गरी टुंगो लगाउनेछौं,’ उनले भने । रथमा काठको बाराही गुठी रबेतको काम यवल गुठीले गर्ने चलन छ ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?