बिरामी फर्काउने अस्पतालमाथि कडाई गर्न नपरोस् : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने बताएको छ । मन्त्रालयको हटलाइन नम्बरमा अस्पतालले उपचार नगरेको उजुरी आउन थालेपछि यस्तो निर्णय लिइएको प्रवक्ता डा.विकास देवकोटाले बताए । 

‘कोभिड १९ का लागि सरकारले तोकेका हब अस्पतालले बिरामी लिन्न भन्न पाउँदैनन्,’ उनले भने,‘अनिवार्य रुपमा ज्वरो क्लिनिक राखेर कोभिड लक्षण लिएर आएका बिरामी अस्पतालको आइसोलेसनमा राखेर थ्रोट स्वाब परीक्षणका लागि टेकुको प्रयोगशाला पठाउनुपर्छ ।’ आकस्मिक कक्षमा आएका बिरामी र ज्वरोका बिरामी हेर्नुपर्ने ती अस्पतालको दायित्व भएको उनले जनाए ।


हब अस्पताल बाहेक अन्य अस्पतालमा पनि ज्वरोका बिरामी आइहाले नफर्काउन उनले अनुरोध गरे । ज्वरोका बिरामी मन्त्रालयको प्रोटोकल अनुसार उपचार गर्नुपर्ने उनले बताए । ‘संकटको घडीमा निजी, सरकारी या सामुदायिक नभनी उपचार सेवा दिनुपर्छ,’ उनले भने,‘केही समस्या परे मन्त्रालयले सघाउँछ तर बिरामी फर्काउनु भएन ।’


सरकारले कोभिड १९ का लागि राजधानीमा ९ अस्पताल तोकेको छ । ती नर्भिक, स्टार वयोद्या, अल्का, ह्याम्स र बी एन्ड बी,न्यूरो, अल्का, सुमेरु हब अस्पताल हुन् ।


प्रकाशित : चैत्र १६, २०७६ १७:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘विश्व बजारमै सामान अभाव रहेकाले केही महँगो पर्‍यो होला’

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा सामान अभाव रहेको कारण खरिद गरिएका सामान केही महँगो परेको स्पष्टिकरण दिएका छन् । स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको बताए ।

‘हामीले टेण्डर खोल्यौं । कसैले पनि सामान दिनसक्ने अवस्था रहेन । त्यसपछि हामीले स्वास्थ्य मन्त्रालयमा सामान आपूर्ति गर्ने सबै व्यापारीलाई बोलाएर जोसँग जति सामान छ त्यो व्यवस्था गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘हामीले आफैं विमान पठाएर सामान ल्याइदिन्छौं भन्दा दुईजनाले मात्रै सामान दिनसक्ने बताउनुभयो । त्यसपछि हामीले नेगोसियसन गरेर सहमति गरेका हौं ।’

उनको अनुसार सरकारले रहरले नभइ बाध्यतामा परेकोले महँगोमै भएपनि सामान किन्ने निर्णय गर्नुपरेको हो । ‘विश्व बजारमै सामान छैन । औषधि त औषधि हो । जसरी पनि चाहिन्छ । केही महँगो पर्‍यो होला,’ उनले भने ।

उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि जानकारी दिए । ‘हामीले खरिद गरेको सम्पूर्ण सामाग्रीको विवरण अनलाइनमा हुन्छ । त्यसैले अनियमितता होला भन्ने नसोच्न आग्रह गर्छु,’ उनले भने ।

उनले पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको जानकारी दिए ।

यस्तै उनले पूर्वमा कोरोना परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिइएको र अन्य स्थानमा पनि छिट्टै प्रयोगशाला तयार गरेर जिम्मा दिइने जानकारी दिएका थिए ।

प्रकाशित : चैत्र १६, २०७६ १७:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×