काठमाडौँ — राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई कम गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक स्थगित गरेका हुन् ।
शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
