चैत ७ गतेदेखि त्रिविका सबै परीक्षा स्थगित

चैत्र ६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

विश्वविद्यालयको कार्यकारी कार्यकारी परिषद् बैठकले शुक्रबारदेखिका सबै परिक्षा र नियमित कक्षाहरु स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयले तय गरेका परीक्षा र पठन पाठनका कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् । 


कोरोना भाइरस

कान्तिपुर

Link copied successfully