१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

काठमाडौँ — कोरोना भाइरस नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ ।

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा पाकिस्तानको प्रतिनिधित्व गर्दै पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जाले प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।

चिकित्सक समेत रहेका स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने बताएका हुन् । यस्तै, उनले कोरोनाको विषयमा पाकिस्तान सार्कका अन्य मुलुक जसरी नै गम्भिर भएर लागि परेको बताए । सार्कका सबै मुलुकहरुमा कोरोना देखिएकाले कोरोना विरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने मिर्जाले बताएका थिए ।


भिडियो कन्फरेन्समा स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा इस्लामावादमा सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठकको प्रस्ताव समेत गरेका छन् ।

प्रकाशित : चैत्र २, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?