कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

चैत्र २, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ ।

आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा पाकिस्तानको प्रतिनिधित्व गर्दै पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जाले प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् । 

चिकित्सक समेत रहेका स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने बताएका हुन् । यस्तै, उनले कोरोनाको विषयमा पाकिस्तान सार्कका अन्य मुलुक जसरी नै गम्भिर भएर लागि परेको बताए । सार्कका सबै मुलुकहरुमा कोरोना देखिएकाले कोरोना विरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने मिर्जाले बताएका थिए । 


भिडियो कन्फरेन्समा स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा इस्लामावादमा सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठकको प्रस्ताव समेत गरेका छन् । 

कोभिड-१९ विरुद्ध सार्क

कान्तिपुर

Link copied successfully