२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको उल्लेख गरेका हुन् ।

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कन्फरेन्समा सहभागी हुँदै ओलीले कोरोनाको संक्रमण हाल नेपालमा नरहेको पनि जानकारी दिए । उनले नेपालमा भेटिएको एकमात्र कोरोना संक्रमित बाहिरबाट आएको र ती व्यक्तिलाई निको भएको उल्लेख गरे ।

सरकार कोरोना प्रकोप हुन रोक्नका लागि विभिन्न तहमा काममा लागेको ओलीले जानकारी दिए । केन्द्र, प्रदेश र स्थानीय तहमा समिति गठन गरेर कोरोनाको संक्रमण हुन पहिल्यै सचेतताका काम भइरहेका उनले बताए ।

कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राखेर अस्पतालहरुमा आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमतावृद्धि गरिएको प्रधानमन्त्री ओलीले बताए । त्यस्तै आत्मरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरिएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालले नेपाल भ्रमण वर्ष २०२ तथा तेस्रो मुलुकका गतिविधि र अन्तर्राष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको बता । उले अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गरेका थिए

कोभिड१९ को संक्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखेकामा सार्कका नेताहरुलाई धन्यवाद दिएका थिए ।

भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कम ब्याटिङ कोरोना भाइरस: सेटिङ यान एक्जाम्पल फर द वल्र्डनाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् आह्वान गरेका थिए । जसको सबै सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ‌ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । उनी १२ दिन अस्पताल बसेर शुक्रबार साँझ डिस्चार्ज भएका थिए ।

प्रकाशित : चैत्र २, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?