बाँस्कोटाको राजीनामा स्वीकृत, खतिवडालाई सञ्चार र सहरी विकासको जिम्मा नेम्वाङलाई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन् । बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए ।

सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए । उनले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए ।
बाँस्कोटाले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिः
आज मिति २०७६ साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले सम्हाल्ने गरी तोक्नु भएको छ ।
प्रकाशित : फाल्गुन ८, २०७६ १८:३८

प्रतिक्रिया
थप केही समाचारबाट
जनताको राय
एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?



