१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारले भन्याे- कोरोना भाइरस नेपाल आइपुगेको छैन

काठमाडौँ — ‘कोरोना भाइरस’ हालसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको सरकारी अधिकारीले बताएका छन् । 

सरकारले भन्याे- कोरोना भाइरस नेपाल आइपुगेको छैन

चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।


बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफलसमेत भएको छ । छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । उनले ‘कारोना भाइरस’ भएको शंका लाग्ने बित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्था समेत गर्न लागिएको बताए । उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिने बताए ।

उनले भने, ‘नेपालको स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी थप निगरानी गर्नका लागि अहिले भर्खरै सचिवको अध्यक्षतामा बैठक बस्यो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्प डेस्कलाई अझ व्यवस्थित गर्ने, त्यहँ स्क्यानरहरु राख्ने र जो पनि ज्वरो आएका बिरामी छन्, असर परेको ठाउबाट ज्वरो आएकोलाई डेडिकेटेड एम्बुलेन्सबाट पिकअप गर्ने र सम्बन्धीत अस्पतालहरुमा लैजाने, टेकु हस्पिटल, पुलिस हस्पिटल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतमा उपचार गर्न सकिन्छ ।’

उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए । उनले ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्युसमेत हुने बताए । यसबाट सुसरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकोले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : माघ ९, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?