भक्तपुरमा १७ दिने दसैं व्यापार मेला सुरु

मेलाका संयोजक संगम लामाले व्यापार मेलामा ५० भन्दा बढी स्टलहरू राखिएका जानकारी दिँदै दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री, फूललगायत विभिन्न सामान विशेष छुटका साथ स्टलमा राखिएका बताए ।

आश्विन ४, २०८२

रासस

17-day Dasain trade fair begins in Bhaktapur

भक्तपुर — भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा शनिबारदेखि दोस्रो भक्तपुर दसैं सस्तो व्यापार मेला सुरु भएको छ । हिन्दूहरूको महान् पर्व दसैंको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आमउपभोक्तामा पुर्‍याउने उद्देश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको हो ।

मेलाका संयोजक संगम लामाले व्यापार मेलामा ५० भन्दा बढी स्टलहरू राखिएका जानकारी दिँदै दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री, फूललगायत विभिन्न सामान विशेष छुटका साथ स्टलमा राखिएका बताए । 

मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियोका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका हास्यव्यङ्ग्य, गीत र नृत्यको प्रस्तुति रहने उनले जानकारी दिए । उनका अनुसार व्यापार मेला यही असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।

रासस

Link copied successfully