यो अफर भदौ १६ देखि कात्तिक १५ सम्म लागू हुनेछ।
काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि ‘यो दसैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले १ लाख रुपैयाँ पाउने छन् भने हरेक दिन सबैलाई सिटी पेबाट क्यासब्याक प्रदान गरिनेछ।
कम्पनीका अनुसार यो अफर भदौ १६ देखि कात्तिक १५ सम्म लागू हुनेछ। सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन्।
उपहारको विजेता छनोट विद्युतीय प्रणालीमार्फत गरिने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेसमा कार्यरत कर्मचारीलाई भने यो अफर लागू नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।
