‘यो दसैं बेस्ट भ्यालु रोज्नुहोस्’ भन्ने नारासहित ल्याइएको योजना कात्तिक १४ सम्म होन्डाका शोरूममा लागू हुनेछ।
काठमाडौँ — होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसर पारेर आफ्ना ग्राहकका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ।
‘यो दसैं बेस्ट भ्यालु रोज्नुहोस्’ भन्ने नारासहित ल्याइएको योजना कात्तिक १४ सम्म होन्डाका शोरूममा लागू हुनेछ। चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकले होन्डा कार खरिदमा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले चार लाख रुपैयाँसम्मको नगद छुटको व्यवस्था गरेको छ।
ग्राहकले ५ वर्षका लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फूल इन्स्योरेन्स र १ वर्षका लागि सडक करमा छुटजस्ता सुविधा पनि पाउनेछन्। पुरानो गाडी साटेर नयाँ होन्डा लिन चाहने ग्राहकका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ।
ग्राहकले हरेक गाडी खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकका लागि निःशुल्क रोडसाइड असिस्टेन्सजस्ता थप सुविधा पनि प्राप्त गर्नेछन्। यो योजना होन्डा सिटी, सिटी ई–एचईभी, एलिभेट, अमेज र सिटी फिफ्थ जेनेरेसनलगायतका मोडलमा लागू हुनेछ।
