‘पर्वहरूको उमंग, स्काइवर्थसँग सबै दंग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ — केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लाएन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दसैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ । ‘पर्वहरूको उमंग, स्काइवर्थसँग सबै दंग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिदमा छुटको सुविधा पाउने व्यवस्था गरिएको छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ । यो योजना १५ भदौदेखि १५ कात्तिकसम्म लागू हुनेछ ।
