तीनकुने घटना : कलाकार एनी कुँवर पक्राउ

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Tinkune incident: Artist Annie Kunwar arrested

काठमाडौँ — काठमाडौँको तीनकुनेमा भएको घटनाका सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ।

कलाकार समेत रहेकी कुँवर पूर्वपत्रकार समेत हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

'पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो,' उनले भने।

कान्तिपुर संवाददाता

Link copied successfully