२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कोरिया मैत्री अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरिया मैत्री अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

त्यसैगरी, भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज २१ (बुधबार) कोरोना संक्रमण पुष्टि भई भक्तपुर अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका–९ घरभई मध्यपुर थिमि निलवाराही बस्ने ४१ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक दुवैको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । तीमध्ये १३ महिला र ३४ पुरुष छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?