सूर्यविनायकले कोभिड अस्पताल बनाउँदै

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिकाले कोभिड विशेष अस्पताल बनाउने प्रक्रिया थालेको छ ।

सूर्यविनायक–८ जगातीस्थित इँटा तथा टायल उद्योग प्रालिले नेपाल सरकारसँग लिजमा लिएको २ सय ६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेसनलाई डिपो सञ्चालनका लागि दिइएको भवन र उद्योगले सवारी साधन मर्मत सम्भारका लागि निर्माण गरेको भवनसहित २५ रोपनी क्षेत्रमा अस्पताल बनाउने निर्णय भएको हो ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष किरण थापाका अनुसार आईसीयू र भेन्टिलेटरसहित ५० शय्याको अस्पताल वीर दल गण सूर्यविनायकको जनश्रमदान र नगरपालिकाको खर्चमा निर्माण गरिनेछ ।

संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै नगरपालिकाले १५ दिनमा अस्पताल निर्माण गर्ने तयारी गरेको नगरप्रमुख वासुदेव थापाले बताए ।

प्रकाशित : आश्विन २८, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?