काभ्रेमा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु

आश्विन २८, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण पुष्टि भएकी बेथानचोक गाउँपालिका–३ की ७५ वर्षीय वृद्धाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मधुमेह र दम सम्बन्धीको समस्या देखिएपछि उनलाई मंगलबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार हालसम्म जिल्लामा कारोनाबाट १५ जनाको मृत्यु भएको छ ।

ती मध्ये ५ पुरुष र ५ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।  

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully