कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ४०३ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ४०३ कोरोना संक्रमित देखिएका छन् । 

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ४०३ कोरोना संक्रमित 

काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मुलुकभर २४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २ हजार १७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।


प्रकाशित : आश्विन २८, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?