उपत्यकामा २४ घण्टामा थपिए १ हजार ४०३ कोरोना संक्रमित 

आश्विन २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ४०३ कोरोना संक्रमित देखिएका छन् । 

काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म १२ लाख २१ हजार ३८  पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

मुलुकभर २४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २ हजार १७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully