कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बेखर्चीलाई पशुपतिमा निःशुल्क शवदाह सेवा

रासस

काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा सुरु गरेको छ ।

बेखर्चीलाई पशुपतिमा निःशुल्क शवदाह सेवा

पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले ४ हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको एक हजार ५०० शुल्क लाग्छ ।

यसैगरी आर्यघाटमा १ हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ । दाउरा किलोको ९ रुपैयाँमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए ।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौंमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको २० रुपैयाँ लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौंले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय शवदाह गृहमा निःशुल्क शवदाह गर्ने व्यवस्था गरिएको थियो । लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो ।

प्रकाशित : चैत्र १७, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?