आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एययूभीमा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्ने कम्पनीको दाबी छ ।
What you should know
काठमाडौँ — नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल एसओफाइभ र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एययूभीमा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्ने कम्पनीको दाबी छ ।
सहर तथा राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो–ग्राभिटी मोड सहितको क्विन को–पाइलट सिट, रिमोट इन–एण्ड–आउट पार्किङ, लाइभ नेभिगेसनसहितको एआर–एचयूडी तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४-इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर–रेडी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डीपल एसओफाइभसँगै, एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एयसूभी नामी भिगो पनि सार्वजनिक गरेको छ।
म्याजिक क्युब डिजाइनसहितको आकर्षक बनावट, ९९ केडब्ल्यू क्षमताको शक्तिशाली मोटर, र ३५० किमीसम्मको डब्ल्यूएलटीपी रेञ्ज दिने कम्पनीको भनाइ छ ।
डीपल एसओफाइभको मूल्य ब्ल्याक इन्टेरियरका लागि ५६ लाख ९९ हजार र ओरेन्ज इन्टेरियरका लागि ५७ लाख ९९ हजार तोकिएको छ। नेपालगञ्जका लागि विशेष लन्च अफरअन्तर्गत ब्ल्याक इन्टेरियर ५५ लाख ९९ हजार र ओरेन्ज इन्टेरियर ५६ लाख ९९ हजारमा उपलब्ध हुनेछ।
त्यसैगरी, नामी भिगो ईटूको मूल्य ३८ लाख ९९ हजार र ईटू प्लस भेरियन्ट ४१ हजार ९९ हजार निर्धारण गरिएको छ। लन्च अफरअन्तर्गत नेपालगञ्जमा भिगो ईटू ३७ लाख ९९ हजार र ईटू प्लस ४० लाख ९९ हजारमा उपलब्ध हुने कम्पनीले बताएको छ।
