पोखरामा केई र फोर्थिङ शोरुम

सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा नयाँ शो–रुम सञ्चालनमा आएको हो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

KE and Forthing showroom in Pokhara

काठमाडौँ — नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी ले केई र फोर्थिङ इभी शो–रुमको उद्घाटन घोषणा गरेको छ ।

सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा नयाँ शो–रुम सञ्चालनमा आएको हो । यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको कम्पनीले दाबी छ।

कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन् ।

नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको कम्पनीले जनाएको छ ।  

दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर रिल्याक्स चार्जर नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकलाई सहज र्इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको कम्पनीको दाबी छ।

कान्तिपुर

Link copied successfully