ओमोडा एन्ड जेइकोले ल्यायो ‘प्रि–विन्टर चेक–अप क्याम्प’

चेक–अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Omoda and Zeeco bring 'Pre-Winter Check-Up Camp'

काठमाडौँ — ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्सले विन्टर लक्षित ‘प्रि–विन्टर चेक–अप क्याम्प’ योजना सार्वजनिक गरेको छ ।

यो विशेष सेवा (सर्भिसिङ) अभियान मंसिर ३ देखि ५ गते, २०८२ सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई विभिन्न फाइदा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

चुनौतीपूर्ण अवस्थाहरूका लागि तयार पार्न र विन्टर सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न गाडी चेक–अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘प्रि–विन्टर चेक–अप क्याम्प’ ल्याइएको कम्पनीको भनाइ छ । 

यस चेक–अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्न सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १०० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । साथै, टप वासमा १०० प्रतिशत  छुटसहित गाडीलाई चकमदार राख्न सक्नेछन् ।

ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

‘यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको लाभ लिन सकिनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी लाभले गर्दा ग्राहकहरूको लागि विन्टरमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती बनेको छ ।’

कान्तिपुर

Link copied successfully