अक्टोबरमा लिपमोटरको ७० हजारभन्दा  बढी युनिट सवारी बिक्री 

गत वर्षको तुलनामा यस वर्ष ८४ प्रतिशत भन्दा बढी सवारी बिक्री भएको कम्पनीले जनाएको छ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Lipmotor sells more than 70,000 units in October

काठमाडौँ — लिपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ युनिटभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ । यो तथ्यांकले गत वर्षको तुलनामा ८४ प्रतिशत भन्दा बढी वृद्धि भएको कम्पनीले जनाएको छ ।

'लिपमोटरलाई चीनको अग्रणी नयाँ ऊर्जा सवारी स्टार्टअपको रूपमा अझ सुदृढ बनाएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री प्रदर्शनलाई पछ्याएकोछ। '

बिक्री रेकर्डले लिपमोटरको नवप्रवर्तन, गुणस्तर र दिगो गतिशीलताप्रति प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ ।

'लिपमोटरले नेपाल सहित विश्वव्यापी बजारहरूमा उन्नत र उच्च-प्रदर्शका विद्युतीय सवारी साधनहरू निरन्तर उपलब्ध गराउँदै आइरहेको छ,' विज्ञप्तीमा भनिएको छ, 'यसले दिगो गतिशीलताका दिशामा विश्वव्यापी परिवर्तनलाई सहयोग पुर्याउँदै विद्युतीय यातायातको भविष्यलाई अगाडि बढाइरहेको छ।'

Four WheelerElectric Vehicles

कान्तिपुर

Link copied successfully