क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा छुट्टै पहिचान बनाएको छ ।
काठमाडौँ — हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउने भएको छ ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको कम्पनीको दाबी छ ।
क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा छुट्टै पहिचान बनाएको छ । वर्षौँदेखि यसका विभिन्न मोडल तथा अपग्रेड सार्वजनिक हुँदै आएका छन् ।
जसले हरेकपटक पर्फमेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापित गरेका छन् । क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले नवीन प्रविधिसँगै दिगो र वातावरणमैत्री यात्रालाई अघि बढाएको कम्पनीले जनाएको छ ।
