भीजी सुजुकीको नयाँ शोरुम ग्वार्कोमा

छानिएका मोडेलमा ५० हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज मूल्यांकन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

VG Suzuki's new showroom at Gwarko

काठमाडौँ — दुईपांग्रे सवारीसाधनको अधिकृत बिक्रेता भीजी सुजुकीले ललितपुरको ग्वार्को चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

सोमबार शोरुमको उद्घाटन कम्पनीका महाप्रबन्धक पारस जैनले गरेका हुन् ।

नयाँ शोरुममार्फत ग्राहकले सुजुकी मोटरसाइकल र स्कुटरका विभिन्न मोडेल अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

विशेष उद्घाटन अफरअन्तर्गत छानिएका मोडेलमा ५० हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज मूल्यांकन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully