डेल्टा अटोकर्पको ‘डबल या तेब्बर बबाल’ अफर

अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Delta Autocorp's 'Double or Triple Babal' offer

काठमाडौँ — नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दसैं, तिहार तथा छठपर्वको अवसरमा ‘डबल या तेब्बर बबाल’ अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर किन्ने ग्राहकले आकर्षक स्क्य्राच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्य्राचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिनेछ । अफरअन्तर्गत हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully