यामाहा नेपालले एफजेड र एमटी श्रृंखलाका नयाँ भेरियन्टसमेत सार्वजनिक गरेको छ ।
काठमाडौँ — यामाहा नेपालले गोरखामा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्स सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नयाँ शोरुमको औपचारिक उद्घाटन गरे ।
अत्याधुनिक पूर्वाधार र समर्पित टोलीसहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रीएस अनुभव एउटै छानामुनि उपलब्ध गराएको छ । थ्रीएस शोरुममार्फत ग्राहकले बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने छन् ।
यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा एफजेड र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । नयाँ मोडलले ताजा स्टाइल र नेपाली राइडरलाई लक्षित आधुनिक फिचरसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएको कम्पनीले जनाएको छ ।
अब गोरखा तथा आसपासका ग्राहकले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्नेछन् । एमएडब्ल्यू राइड्सअन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धताका कारण देशको सबैभन्दा विश्वासिलो दुईपांग्रे ब्रान्डमध्ये एकको रूपमा अग्रस्थान कायम राख्दै आएको जनाएको छ ।
