नाडा अटो शोको अवरमा यामाहाका छानिएका मोडेलमा सात हजार रुपैयाँसम्म छुट, मोटोजिपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने कम्पनीले जनाएको छ।
काठमाडौँ — यामाहा नेपालले नाडा अटो शो २०२५ मा एमटी–१५ भी२ र एफजेड–एस भी३ सार्वजनिक गरेको छ। एमटी–१५ भी२ अब 'आईस स्टोर्म' र 'भिभिड भाइलेट मेटालिक' भेरियन्टहरूमा उपलब्ध छ भने एफजेड–एस भी३ डीएलएक्स 'आईस फ्लुओ भर्मिलियन' भेरियन्टमा पाइनेछ।
एमएडब्लु राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीले यी दुई भेरियन्ट सार्वजनिक गरेका हुन्।
एमटी–१५ भी२ का ‘आईस स्टोर्म’ र ‘भिभिड भाइलेट मेटालिक’ भेरियन्टहरूले स्ट्रिटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेको कम्पनीले जनाएको छ। एफजेड–एस भी३ डीएलएक्सको ‘आईस फ्लुओ–भर्मिलियन’ भेरियन्टले यामाहाको प्रसिद्ध एफजेड सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ।
यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिने कम्पनीले जनाएको छ।नाडा अटो शोको अवरमा यामाहाका छानिएका मोडेलमा सात हजार रुपैयाँसम्म छुट, मोटोजिपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका, र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने कम्पनीले जनाएको छ।
'नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्याउने उत्तम प्लेटफर्म हो,' अग्रवालले भने, 'एमटी–१५ भी२ र एफजेड–एस भी३ डीएलएक्स का यी नयाँ भेरियन्टहरूले हाम्रो शैली र प्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रवर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन्।'
