सन्दीप क्षेत्री बने ‘फेस अफ रोयल इनफिल्ड’

असार ९, २०८२

कान्तिपुर संवाददाता

Sandeep Chhetri becomes 'Face of Royal Infield'

काठमाडौँ — अल्फा अटोमोटिभले कमेडियन सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड’का रूपमा नियुक्त गरेको छ। क्षेत्रीले विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जनमानसको मन जित्दै आएका छन्।

रोयल इनफिल्ड नेपालले यो सहकार्यलाई व्यावसायिक साझेदारीको रूपमा नभई एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेरेको जनाएको छ।

'नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने विश्वास लिएका छौं। यस प्रयासमार्फत रोयल इनफिल्डद्वारा आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, ट्राफिक नियमको पालना, तथा कर्तव्यबोधको सन्देश फैलाइनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'मोटरसाइकललाई केवल यातायातको साधन मात्र नभई आत्म–अभिव्यक्तिको माध्यमका रूपमा प्रस्तुत गर्ने हाम्रो दृष्टिकोण यो सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुनेछ,' विज्ञप्तिमा भनिएको छ।

Two Wheeler

कान्तिपुर

Link copied successfully