काठमाडौँ — नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले झापाको बिर्तामोडमा पल्सर एन१२५ सार्वजनिक गरेको छ ।
कम्पनीले सांगीतिक कार्यक्रमसहित पल्सर एन१२५ सार्वजनिक गरेको हो । कम्पनीले सोमबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्दै बिर्तामोडको खड्का कम्प्लेक्समा पल्सर एन१२५ सार्वजनिक गरेको हो । नयाँ पल्सर एन१२५ मा १२४.५८ को इन्जिन क्षमता, इयर कुल्ड इन्जिन, सिंगल सिलिन्डर इञ्जिनलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।
