काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको ‘खुसीको मिटर’ का विजेता घोषणा गरेको छ ।
योजनामा देशभरबाट हजारौं ग्राहकले सहभागिता जनाएको र सहभागीमध्ये एक जनालाई लक्की ड्रमार्फत विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । विजेता विराटनगरका मोसिम आलमले एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।
विजेता आलमले १५० सीसी पल्सर मोटरसाइकल खरिद गरेका थिए । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीले घरमै बसी विभिन्न आकर्षक उपहार जित्ने अवसर पाएका थिए ।
