काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ‘बजाज ग्रान्ड कार्निभल’ मा सार्वजनिक यी दुई नयाँ मोडल सार्वजनिक गरिएको हो ।
पावर, प्रविधि र डिजाइनको संयोजनका कारण बजाजले रोमाञ्चक राइडको अनुभव दिने कम्पनी विश्वास रहेको कम्पनीले जनाएको छ । बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल सिलिन्डर, एयर–कुल्ड, एसओएचसी, २–भल्ब इन्जिन समावेश छ । यसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । यसमा ५ गियरसम्मको गियरबक्स छ । पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कुल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन छ ।
