काठमाडौँ — बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । उक्त कार्निभल वैशाख १६ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जनाएको छ ।
कार्निभलमा ग्राहकले २० वटाभन्दा बढी मूल्यांकनकर्ताबाट ग्यारेन्टीका साथ उच्च मूल्यांकन, तत्काल फाइनान्सको सुविधा र निःशुल्क एसेसरिज पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा छ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत ब्याजदरमै सरल फाइनान्समार्फत बजाजका सवारी किन्न सक्नेछन् । यस कार्निभलमा ग्राहकले टेस्ट राइडसमेत गर्न पाउनेछन् ।
