काठमाडौँ — नेपालका लागि सीएफ मोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्य गर्दै ब्रान्डअन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ ।
वैशाखभर सञ्चालन हुने अफरअन्तर्गत ग्राहकले अब एनके २५० को खरिदमा ५ वर्षसम्म वारेन्टी र ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्स सुविधा पाउने कम्पनीले जनाएको छ ।
यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ छ । नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाइने पनि कम्पनीको भनाइ छ ।
